दुखाई सम्बन्धी सर्वेक्षणमा भाग लिनुहोस्

जीवनको कुनै न कुनै समयमा सबैलाई शरीर दुख्ने समस्याले सताउँछ । हरेक ५ जनामा १ जनालाई भने लामो अवधीसम्म (३ महिना भन्दा बेसि) दुख्ने गर्छ । यो लामो समयसम्म दुख्ने समस्याले मानसिक तथा सामाजिक रूपमा पनि असर पारेको हुन सक्छ । अथवा मानसिक र सामाजिक कारणले पनि धेरै मानिसहरुलाई दुखाई सम्बन्धी समस्या हुन सक्छ । यसले बिरामीको दैनिक कृयाकलापका साथै निन्द्रामा पनि असर पार्न सक्छ । तसर्थ हरेक लामो अवधिका दुखाईबाट पीडित व्यक्तिको लागि निन्द्रा सम्बन्धी समस्याहरु, सामाजिक र मानसिक असर सबैको जाँच गर्न र उपचार गर्न जरुरी हुन्छ ।

तसर्थ, हामी लामो अवधीसम्म दुखाई भएका व्यक्तिहरुमा दुखाईका मानसिक र सामाजिक कारकहरु जान्न इच्छुक छौँ । कृपया यस अनुसन्धानमा भाग लीई आफ्नो दुखाईका कारकहरु पत्ता लगाउनुहोस् । साथै नेपालमा दुखाईका बिभिन्न कारकहरु नाप्ने यन्त्रहरु बिकास गर्न पनि मद्दत पुर्याउनुहोस् । यसले भविष्यमा तपाईं र तपाईं जस्तै अन्य दुखाईबाट पीडितहरुको जाँच र उपचारमा मद्दत पुर्याउनेछ ।

यदी यस सर्वेक्षणमा भाग लिन इच्छुक हुनुहुन्छ भने तल लिखित कुनै एक अनुसन्धानकर्तालार्ई सम्पर्क गर्नुहोस् ।

सौरब शर्मा, लाजिम्पाट, काठमाडौं, फोन : ९८४१६३४०४३
सोनिया महर्जन, बानेश्वर, काठमाडौं, फोन : ९८४१९६५४२३

Please share the information with your friends and colleagues. Click to download the advertisement file.